Rule 17
मतदाता नामावलीमा नाम समावेश हुन छुट भएको व्यक्तिले दरखास्त दिन सक्ने
(१) नियम ९ को उपनियम (३) वा नियम १६ बमोजिम प्रकाशित मतदाता नामावलीमा ऐनको दफा ५ बमोजिम मतदाता हुन योग्यता पुगेको कुनै व्यक्तिको नाम समावेश हुन छुटेको रहेछ भने त्यस्तो व्यक्तिले मतदाता नामावलीमा आफ्नो नाम समावेश गराउन कार्यक्रममा उल्लेख भए बमोजिम सहायक नाम दर्ता अधिकारी समक्ष स्वयं उपस्थित भई अनुसूची–५ बमोजिमको ढाँचामा दरखास्त दिन सक्नेछ ।
(२) उपनियम (१) बमोजिम दरखास्त प्राप्त भएमा सहायक नाम दर्ता अधिकारीले सो सम्बन्धमा जाँचबुझ गर्नेछ र त्यसरी जाँचबुझ गर्दा त्यस्तो व्यक्ति ऐनको दफा ५ बमोजिम मतदाता हुन योग्य भएको देखिएमा निजको नाम सहायक दर्ता कर्मचारी मार्फत मतदाता दर्ता कितावमा दर्ता गराई र दर्ता कर्मचारी मार्फत निजको औंला छाप र आयोगले निर्धारण गरे बमोजिमको फोटो खिची त्यस्तो व्यक्तिको नाम तथा विवरण, औंला छाप र फोटो कम्प्युटरमा प्रविष्ट गराउनु पर्नेछ ।
(३) उपनियम (२) बमोजिम नाम, विवरण, औला छाप र फोटो प्रविष्ट भएपछि सहायक नाम दर्ता अधिकारीले त्यस्तो नाम तथा विवरणको आधारमा अनुसूची–९ बमोजिमको ढाँचामा संशोधित मतदाता नामावली तयार गर्नु पर्नेछ ।